नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नका लागि गौतमले जबज हुनुपर्ने शर्त राखेको टमटाको प्रष्टोक्ति
नेपालखोज
२०७८ भदौ १८ गते १४:३६

काठमाडाैं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) हुनुपर्ने शर्त राखेको स्पष्ट पारेका छन् ।
शुक्रबार (आज) गौतमको स्वकीय सचिव दीपक टमटाले जबज बाहेक अरु शर्त नराखेको जानकारी दिएका छन् ।
टमटाले जारी गरेको वक्तव्यमा भनिएको छ,“माधव कुमार नेपालको अध्यक्षतामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा हामी प्रवेश गर्नका लागि मार्गदर्शक सिद्धान्त मार्कसवाद–लेनिनवादका साथै जनताको बहुदलीय जनवाद पनि रहनुपर्छ भन्ने एक मात्र शर्तबाहेक अरु कुनै शर्त वामदेव गौतमले राख्नु भएको छैन । अन्य सबै प्रकारका प्रचारवाजीहरु गलत भएको जानकारी गराइन्छ,” ।
सम्बन्धित

प्रतिक्रिया