तनहुँमा चट्याङ लागेर एक जनाको मृत्यु
नेपालखोज
२०७८ भदौ १८ गते १५:०४

तनहुँ । तनहुँको भिमाद नगरपालिकामा चट्याङले लागेर शुक्रबार एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भिमाद–९ ढुङढुङ्गेका २४ वर्षीय अर्जुन विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घर बाहिर काम गर्दै गर्दा चट्याङ लागेर घाइते भएका विकको बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया