एमालेको रिटमाथिको सुनुवाइ अनिश्चित

नेपालखोज २०७८ भदौ १८ गते १५:०७

काठमाडाैं । नेकपा (एमाले)ले दायर गरेको रिट सर्वोच्च अदालतको बेन्च बस्न नभ्याउने सूचीमा परेको छ । प्रतिनिधिसभाका सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशसभाका सभामुखविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेकाे रिट बेन्च बस्न नभ्याउने सूचीमा परेको हाे ।

सर्वोच्चको पेसी सूचीमा दायर रिट न्यायाधीश मीरा खड्काको इजलासमा परेको थियो । तर, न्यायाधीश खड्काको एकल इजलासमा परेको सबै रिट हेर्न नभ्याउने सूचीमा परेपछि एमालेको रिटमाथिको सुनुवाइ अनिश्चित भएको छ ।

प्रतिक्रिया