पिकअपको ठक्करबाट चार वर्षीय बालकको मृत्यु
नेपालखोज
२०७८ भदौ १८ गते १८:४३

झापा । पूर्वपश्चिम राममार्गको कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशाला अगाडि आज बिहान पिकअप गाडीको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउँपालिका–३ का लाहोरा कापरीको छोरा मानव कापरी रहेको प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ०३–००१ च ०३६४ नम्बरको पिकअप गाडीले बाटो काट्ने क्रममा ठक्कर दिँदा घटनास्थमै बालकको मृत्यु भएको थियो ।
सर्लाही घर भए पनि उनीहरू हाल रङ्गशाला अगाडि पाल टाँगेर बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले गाडीका चालक मकवानपुर हेटौँडा नगरपालिका–११ का २४ वर्षीय अजय पाख्रिनलाई नियन्त्रणमा लिएको बताएका छन् ।
उनलाई ईलाका प्रहरी कार्यालय दमकमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ । रासस
सम्बन्धित
प्रतिक्रिया