आइतबार, वैशाख ३०, २०८१

उमेरसँगै झन् सुन्दर देखिए यी अभिनेत्री

नेपालखोज २०७८ भदौ १९ गते १४:४६

काठमाडौं । बलिउडमा दुई किसिमले नायिकाको चिनारी हुन्छ । एउटा अभिनय र अर्को उनीहरुको लुक्स । बलिउडमा केही यस्ता नायिका पनि छन् जसको लुक्स उनीहरुको बढ्दो उमेरसँगै अझ सानदार हुँदै गएको छ ।

रेखा : बलिउडका सुन्दर नायिकाको कुरा रेखाको चर्चाबिना अधुरो हुन्छ । यही सौन्दर्यका कारण रेखालाई एभरग्रिन नायिका पनि भनिन्छ । रेखा आफ्नो बढ्दो उमेरसँगै थप आकर्षक देखिँदै गएकी छन् । ६६ वर्षकी रेखा सौन्दर्यको मामिलामा आज पनि धेरै अभिनेत्रीलाई पछाडि छाड्न सफल छिन् ।

मलाइका अरोरा : ४७ वर्षीया मलाइका अरोरालाई हेर्दा उनको सही उमेरको अनुमान गर्न गाह्रै पर्छ । १८ वर्षको छोराकी आमा मलाइका आफ्नो बढ्दो उमेरसँगै अझ राम्री देखिएकी छन् । मलाइकाको यो सौन्दर्यको रहस्य योग र फिटनेसप्रतिको उनको जागरुकता नै हो ।

करिश्मा कपुर : करिश्मा कपुरको लुक्समा समयसँगै गजबको ट्रान्सफर्मेसन देखिन्छ । भनिन्छ समयसँगै करिश्मा तुलनात्मक रुपमा अझ सुन्दर देखिएकी छिन् । सन् ९० को दशकमा करिश्मा बलिउड फिल्म इन्डस्ट्रीकी टप अभिनेत्रीमध्ये एक थिइन् । तस्बिरहरुमा करिश्माको पहिलेको र अहिलेको लुक्समा ठूलो अन्तर पाइन्छ ।

माधुरी दीक्षित : बलिउडकी धक-धक गर्ल माधुरीले आफूलाई सानदार ढंगले मेन्टेन गरेकी छन् । उनलाई दुई सन्तानकी आमा भनेर पत्याउन पनि गाह्रै छ । माधुरी आफ्नो फिटनेसको श्रेय नृत्य अभ्यासलाई दिन्छिन् ।
-भारतीय विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया