शनिबार, जेठ ५, २०८१

फुटबलर क्रिस्टियानो रोनाल्डोकी प्रेमिकाले रोनाल्डोसँग लिन्छिन् यति धेरै पारिश्रमिक

नेपालखोज २०७९ वैशाख ३ गते १४:२७

काठमाडाैं । चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो विश्वकै धनी खेलाडी मध्येमा पर्छन् । रोनाल्डो फुटबलका कारण मात्रै होइन व्यक्तिगत कारण पनि चर्चामा रहने गरेका छन् ।

पोर्चुगलमा जन्मेका रोनाल्डो म्याचेस्टर युनाइटेड फुटबल क्लवमा आवद्ध छन् । यसपटक उनी आफ्नी प्रेमिका जर्जिना रोड्रिग्वेजको कारण चर्चामा आएका छन् । अन्तर्राष्ट्रिय सन्चार माध्यमका अनुसार रोनाल्डो आफ्नी प्रेमिकाको खर्चका लागि मासिक ८३ हजार पाउण्ड (१ करोड भन्दा माथि) मासिक रुपमा पारिश्रमिक दिने गरेका छन् ।

बेलायती सन्चार माध्यमहरुले यसलाई रोनाल्डोले आफ्नी प्रेमीकालाई दिएको तलव भन्ने गरेका छन् । उनले आफ्नी प्रेमिकालाई मासिक रुपमा त्यो रकम आफ्ना छोराछोरीको हेरचाहका लागि उपलब्ध गराउने गरेका हुन् । यसअघि रोनाल्डोले जर्जिनालाई २ करोड भन्दा बढी मूल्यको कार उपहारमा दिएका थिए । अहिले रोनाल्डो र जर्जिना एक विलासी जीवनशैली बिताइरहेका छन्। उनीहरू सन् २०१७ देखि एकसाथ बस्दै आएका छन् ।

जर्जिना पेसागत रुपमा एक मोडल हुन् । उनी धेरै ठूला ब्रान्डहरूको विज्ञापनमा पनि देखिएकी छिन् । इन्स्टाग्राममा उनको ३६ करोड भन्दा बढी फलोअर्स छन् । हालै जर्जिनामाथि बनेको डकुमेन्ट्री ‘आई एम जर्जिना’ मा उनको जीवनको सबै पक्षको चर्चा गरिएको छ ।

बेलायती पत्रीका ‘द मिरर’ का अनुसार कुनै समय एउटा कम्पनीको स्टोरमा काम गर्ने जर्जिनाको जीवन रोनाल्डोसँग आबद्ध भएपछि पूरै परिवर्तन भएको हो । उनी अहिले निकै विलासी जीवनशैली बिताइरहेकी छिन् । उनी निकै आलिसान घरमा बस्छिन् । उनको घरमा स्विमिङ पूल, जिमखाना र फुटबल मैदान पनि छ । उनी हवाई यात्राका लागि आफ्नो व्यक्तिगत जेटको प्रयोग गर्छिन् ।

प्रतिक्रिया