चौबीस घण्टामा थपिए १,२६८ नयाँ संक्रमित, २, १९५ जना डिस्चार्ज

नेपालखोज २०७८ भदौ १९ गते १६:४६

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप १ हजार २६८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ७५३ जनाको पीसीआर परीक्षणमा १ हजार २४ र ४ हजार ३१२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४४ जना गरि चौबीस घण्टामा थप १ हजार २६८ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ६८ हजार २९५ र एन्टीजेन विधिबाट ८४ हजार ९३७ पुगेको छ । हाल नेपालमा संक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ रहेको छ ।

त्यस्तै, चौबीस घण्टामा मुलुकका विभिन्न अस्पतालबाट थप २ हजार १९५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख २५ हजार ६५१ पुगेको छ । नेपालमा निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या १० हजार ८१८ पुगेको छ ।

प्रतिक्रिया