आइतबार, वैशाख २३, २०८१

तालिबान सरकारलाई सहयोगका लागि युरोपियन युनियनको पाँच शर्त

नेपालखोज २०७८ भदौ १९ गते २०:११

काठमाडौं । युरोपियन युनियनले अफगानिस्तानका तालिबानलाई सहयोग गर्नका लागि विभिन्न पाँच वटा शर्त अघि सारेका छन् । युरोपेली युनियनका विदेशमन्त्रीले ती शर्त राखेका हुन् । स्लोभानियामा सम्पन्न भएको युरोपियन युनियनका विदेशमन्त्रीको दुई दिने बैठक पछि सो जानकारी दिएको छ ।

उक्त बैठक पछि उक्त युनियनको विदेश नीति प्रमुख जोसेफ बरेलले सो कुराको जानकारी दिए । उनले युरोपियन युनियनका विदेशमन्त्रीले तालिबान सरकारलाई सहयोग गर्नका लागि ती शर्त राखेको बताए ।

उनका अनुसार यसका लागि सबैभन्दा पहिला तालिबानले अफगानिस्तानमा आतंककारीलाई प्रश्रय दिने अथवा यहाँ आतंकवादी उत्पादन केन्द्र जस्तो गरी अरु देशलाई असर गर्ने काम गर्न नहुने बताइएको छ ।

त्यस्तै अर्को शर्तका रुपमा उनीहरुले मानवअधिकारलाई पनि अघि सारेका छन् । अफगानिस्तानमा तालिबान सरकारले मानवअधिकारको सम्मान र रक्षा गर्नुपर्ने, महिला अधिकारकार, प्रेस स्वतन्त्रता हुनुपर्ने र कानुनी शासनको प्रत्याभूति हुनुपर्ने पनि सो शर्तमा अघि सारिएको छ । यी शर्त पालना गरेमा मात्र तालिबान सरकारलाई सहयोग गर्न सकिने युरोपियन युनियनका विदेशमन्त्रीले जनाएका छन् ।

प्रतिक्रिया