काभा महिला भलिबल : नेपालले काजकस्तानसँग र भारतले उज्वेकिस्तानसँग खेल्दै
नेपालखोज
२०८० जेठ १२ गते ७:५७

काठमाडाैं । काभा महिला भलिबल च्यालेन्ज कपका सेमिफाइनलमा आज नेपालले काजकस्तानसँग सेमिफाइनल खेल खेल्नेछ ।
समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले आज काजकस्तानसँग खेल्न लागेको हो ।
समूह एको उपबिजेता नेपाल र समूह बिको बिजेता काजकस्ताबीचको खेल आज हुन लागेको हो । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । यो खेल साँझ ५ बजे सुरुहुने छ ।
त्यसअघि दिउँसो साढे २ बजे भारत र उज्वेकिस्तानबीच फाइनल प्रवेशका लागि भिडन्त हुने छ ।
सम्बन्धित
प्रतिक्रिया