राष्ट्रपतिद्वारा भदौ २३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान
नेपालखोज
२०७८ भदौ १९ गते २१:०४

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही भदौ २३ गतेका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को आजको बैठकको सिफारिशका आधारमा राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार संघीय संसद्को दुवै सदन यही भदौ २३ गते बुधबार ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बोलाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया