कुलमान घिसिङविरुद्धकाे रिट चोलेन्द्रशमशेर राणाको इजलासमा
नेपालखोज
२०७८ भदौ २० गते ११:२२

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा आज सुनुवाई हुने भएको छ ।
उक्त रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा इजलासमा परेको छ ।
निवर्तमान कार्यकारी निर्देशक शाक्यले नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया