शनिबार, जेठ ५, २०८१

बैंक अफ काठमाण्डूको नगद फिर्ता योजना

नेपालखोज २०७८ भदौ २० गते १२:३०


काठमाडौ। बैंक अफ काठमाण्डू लिमिटेडले फुडमाण्डू, भोज डिल तथा खानपिन फुड मार्फत आफुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गर्दा नगद फिर्ता योजना ल्याएको छ ।

ग्राहकहरुको हितलाई मध्यनजर गर्दे आउदै गरेको चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) र हरितालिका तीजको पावन अवसरलाई लक्षित गरी यस्तो योजना ल्याएको हो ।

उक्त योजना अन्र्तगत ग्राहकहरुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गरी बैंकको मोबाईल बैंकिङ्ग तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५ प्रतिशत वा पाँच सय रुपैयाँसम्मको नगद फिर्ता पाउनेछन् ।

ग्राहकहरुले नगद फिर्ता योजनामा सहभागि हुनको लागि अनलाइन अडर पश्चात् बिल भुक्तानी गर्दा बैंकको मोबाईल बैंकिङ्गको मार्फत क्युु आर कोड स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत अनलाइन कारोबार गर्नुपर्ने हुन्छ ।

यो नगदफिर्ता योजना २०७८ साल भदौ २० गते देखी २०७८ साल भदौ २४ गतेसम्म लागू हुनेछ । यस नगदफिर्ता योजनामा सहभागि पश्चात् प्रयोगकर्ताहरुले कारोबार गरेको मूल्यको २५ प्रतिसत वा पाँच सय रुपैयाँ सम्मको नगदफिर्ता कारोबार गरेको पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा जम्मा गरिदिनेछ ।

ग्राहकहरुले यो सुविधा योजना अवधिभर हरेक दिनको एकपटक सम्म प्रयोग गर्न सक्नेछन ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

नेपालीहरुको महान चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन) तथा हरितालिका तीजको अवसरमा सम्पूर्ण महानुभावहरुमा हार्दिक शुभकामना व्यक्त गरेको छ । साथै, चाडपर्वहरु हर्ष उल्लासको साथ घरै बसि सुरक्षित तवर मनाउनुहुन हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रिया