उपत्यकामा ४५३ जना कोभिड संक्रमित थपिए

नेपालखोज २०७८ भदौ २० गते १७:३१

काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५३ जना कोभिड संक्रमित थपिएका छन् ।

त्यसमध्ये काठमाडौंमा २८८, भक्तपुरमा ६७ र ललितपुरमा ९८ जना संक्रमित थपिएका हुन् ।   योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ७ हजार ५८९ पुगेको छ । जसमध्ये काठमाडौं जिल्लामा चार हजार १९८, ललितपुरमा दुई हजार ७५ र भक्तपुरमा एक हजार ३१६ सक्रिय संक्रमित छन्।

प्रतिक्रिया