क्रिप्टोकरेन्सी मार्केटमा रोकिएन उतार-चढाव, आजको भाउ कति ?

काठमाडौं । आज ग्लोबल क्रिप्टोकरेन्सीको मार्केट २.२८ ट्रिलियन डलर पुगेको छ । बितेका चौबीस घण्टामा यसमा ०.३३ प्रतिशतको वृद्धि देखिएको छ ।
यद्यपि क्रिप्टोकरेन्सीको समग्र ग्लोबल मार्केटमा आज आइतबार (५ सेप्टेम्बर २०२१) उतारचढावको क्रम जारी रह्यो । आज क्रिप्टोकरेन्सी Cardano मा करिब ३ प्रतिशतको गिरावट दर्ता भयो ।
उता बिटक्वाइनमा गएको दिनदेखि वृद्धि देखापरिरहेको छ । बिटक्वाइनमा गएको साता १.०३ प्रतिशत वृद्धि दर्ता भएको छ । बिटक्वाइन केही साताको गिरावट झेलेपछि फेरि उच्छालिन थालेको छ ।
अर्को क्रिप्टोकरेन्सी Dogecoin मा आज २.२६ प्रतिशतको वृद्धि देखिएको छ । यसले ०.३० डलरमा कारोबार गरिरहेको छ । त्यसका अतिरिक्त Ether मा आज १.०८ प्रतिशतको गिरावट दर्ता भयो । जसले ३,८८५.५१ डलरमा ट्रेड गरिरहेको छ । Cardano मा आइतबार ३.२२ प्रतिशत गिरावट देखापर्यो । यसको ट्रेड रेट २.८४ डलर रह्यो ।
आज Binance Coin मा १.२८ प्रतिशतको हल्का वृद्धि दर्ता भयो । यसको कारोबार ४९४.२१ डलरमा भइरहेको छ । Polkadot मा आज ३.६७ प्रतिशत गिरावट देखियो । यसको ट्रेड रेट ३२.३३ डलर कायम भयो । क्रिप्टोकरेन्सी Solana भने ३.६७ प्रतिशत तल झर्दै १४२.७० डलरमा ट्रेड गरिरहेको छ ।
प्रतिक्रिया