बिहीबार, जेठ २, २०८२

भारतसँग नेपाल २–१ ले पराजित

नेपालखोज २०७८ भदौ २० गते २०:१९

काठमाडौं । दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा भारतले नेपाललाई हराएको छ ।

दशरथ रंगशालामा आइतबार (आज) भएको दोस्रो मैत्रीपूर्णमा भारतले नेपाललाई २–१ गोल अन्तरले हराएको हो ।

नेपालका लागि तेज तामाङले एक गोल फर्काए । तेजले नेपालका लागि यो पहिलो गोल गरेका हुन् । ६२ औं मिनेटमा फारुख हाजी चौधरीले गोल गर्दै भारतलाई अग्रता दिलाए । सुनिल क्षेत्रीको हेडर पासमा अनमार्क रहेका फारुखले सहजै गोल गरे ।

खेलको ८० औं मिनेटमा कप्तान क्षेत्रीले गोल गर्दै भारतको अग्रता दोब्बर बनाउने काम गरे । नेपाली टिमविरुद्ध काउन्टरमा क्षेत्रीले भारतका लागि दोस्रो गोल गरेका थिए ।

खेल सकिन ५ मिनेट अघि तेजले नेपालका तर्फबाट एक गोल फर्काए । राष्ट्रिय फुटबल टिमबाट तेजले पहिलो अन्तराष्ट्रिय गोल गर्न सफल भए । झण्डै २० यार्ड टाढाबाट तेजको शक्तिशाली प्रहारले जाली चुमेको थियो ।

बिहिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १–१ गोलको बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया