इङ्ल्यान्डको सहज जित
नेपालखोज
२०७८ भदौ २१ गते ७:०६

काठमाडौं । इङ्ल्यान्डले आइतबार राति फिफा विश्वकप २०२२ को छनोट प्रतियोगितामा एन्डोरामाथि ४–० को सहज विजय हासिल गरेको छ ।
युरोपेली छनोट प्रतियोगिताको समूह ‘आई’मा रहेको इङ्ल्यान्डको यो लगातार पाँचौं जित हो । लगातार पाँचौं जित दर्ता गर्नेक्रममा लिङ्गार्डले दुई गोल गरे ।
समूहमा सतप्रतिशत नतिजा निकालेको इङ्ल्यान्ड १५ अंकका साथ शीर्ष स्थानमा छ । तीन अंक जोडेको एन्डोरा पाँचौं स्थानमा छ । ९ अंक जोडेको अल्बानिया दोस्रो स्थानमा छ । हंगेरी ७ अंकका साथ चौथो स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया