सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
नेपालखोज
२०७८ भदौ २१ गते ११:०३

काठमाडाैं । सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–१, बेसारेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको बताइएकाे छ । आज बिहान करिब ३ बजेदेखि सडक अवरुद्ध भएको हो ।
अविरल वर्षापछि सडकमाथिबाट पहिरो खसिरहेकाे छ । पहिरो हटाउने प्रयास भइरहेको प्रहरी चौकी फेदीखोलाले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया