चौबीस घण्टामा १ हजार ८९७ संक्रिमत थपिए, २० जनाकाे मृत्यु

नेपालखोज २०७८ भदौ २१ गते १६:५७

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार ७४३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार ६०९ जनाको पीसीआर परीक्षणबाट १ हजार ४८८ र ४ हजार ३७० जनामा गरिएको एन्टिजेन परीक्षणमा ४०९ जना गरी जम्मा १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा २० जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ रहेको छ ।

प्रतिक्रिया