एमसीसीविरुद्ध प्रदर्शन, प्रहरी–प्रदर्शनकारीबीच झडप (फोटो फिचर)
नेपालखोज
२०७८ भदौ २१ गते १८:१५

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले एमसीसीको विरुद्धमा अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेको छ । प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक प्रदर्शकारी घाइते भएका छन् ।
दूतावासअगाडि शान्तिपूर्ण प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेपछि आक्रोश प्रदर्शनकारी टिचिङ अस्पतालको पछाडि गल्लीमा पुगेर नाराबाजी गरेका थिए । उनीहरुले ‘देउवा सरकार होसियार’, ‘एमसीसी खारेज गर’, ‘प्रहरी दमन मुर्दावाद’, ‘एमसीसीका मतिहारु होसियार’ लगायतका नारा लगाएका थिए ।
प्रदर्शनकारीले ‘सम्पूर्ण देशभक्त जनता एक होऔं’, ‘एमसीसीका मतिहारु होसियार’, ‘अमेरिकी एसियालाई युद्धभूमि बनाउन दिँदैनौं’ लगायत नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए ।








सम्बन्धित

प्रतिक्रिया