कांग्रेस संसदीय दलको बैठक भोलि, संसद् बैठकमा पार्टीको तयारीलगायतका विषयमा छलफल हुने

नेपालखोज २०७८ भदौ २१ गते १८:५७

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ ।

संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्ने बैठकमा बुधबारदेखि सुरु हुन लागेको संघीय संसद् बैठकमा पार्टीको तर्फबाट तयारी, अध्यादेश, बजेटलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।

प्रतिक्रिया