देशभर धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुको प्रभाव सामान्य रहेको जनाएको छ । साथै देशको पश्चिम तराई नजिक मनसुन न्युन चापिय रेखा रहेको छ । हाल देशभर सामान्य देखि पूर्णतया बदली रही प्रदेश नं १ बाग्मती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा थोरै वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज (मंगलबार) दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ । साथै गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका थोरै र प्रदेश १, वाग्मतीतथा लुम्बिनी प्रदेश प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ ।
यस्तै भोलि (बुधबार) दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार पर्सि (बिहिबार) दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम , गण्डकी, कर्णाली ,प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । राति भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, कर्णाली , वाग्मती र गण्डकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू(भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । यसकारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया