आइतबार, वैशाख २३, २०८१

अफगानिस्तानको पन्जशिर उपत्यकामा तालिबानको झन्डा !

नेपालखोज २०७८ भदौ २२ गते १०:४५


काठमाडाैं । तालिबानले अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा रहेको पन्जशिर उपत्यकामा भएको युद्धमा आफू विजयी भएको घोषणा गरेको छ।

तालिबानको प्रतिरोध हुँदै आएको उक्त प्रान्त तालिबानको शासनभन्दा बाहिर थियो।

उक्त समूहले सोमवार (हिजो) एउटा भिडिओ फुटेज सार्वजनिक गरेको छ जसमा लडाकुहरूले तालिबानको झन्डोत्तलन गरेको देखिन्छ।

तालिबानको प्रतिरोध गरिरहेको समूहले भने आफूहरू सबै रणनीतिक स्थानमा उपस्थित रहेको बताउँदै लडाइँ जारी राख्ने जनाएको छ ।

उक्त समूहका नेताले तालिबानविरुद्ध देशैभरि विद्रोहको आह्वान गरेका छन्।

सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा अडियो रेकर्डमा न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) का नेता अमहम मसूदले तालिबानलाई मान्यता दिएको र उनीहरूलाई सैन्य तथा राजनीतिक विश्वास दिलाएको अन्तर्राष्ट्रिय समुदायलाई आरोप लगाएका छन्। बीबीसी

प्रतिक्रिया