आइतबार, जेठ ६, २०८१

अस्ट्रेलियामा माइक्रोलाइट विमान दुर्घटनामा पाइलटको मृत्यु

नेपालखोज २०८० पुष २१ गते १९:५३

सिड्नी । पश्चिमी अस्ट्रेलियाको व्हिटबेल्ट क्षेत्रमा माइक्रोलाइट विमान दुर्घटना हुँदा ६९ वर्षीय पाइलटको मृत्यु भएको छ । पश्चिमी अष्ट्रेलियाको प्रहरी बलले शनिबार जनाए अनुसार (स्थानीय समय) बिहान ११ बजेपछि सो दुर्घटना भएको हो ।

पाइलटलाई गम्भीर चोट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना बारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया