डोल्पामा पनि मनाइयो निजामती सेवा दिवस (तस्बिरसहित)

डोल्पा । जिल्ला प्रशासन कार्यालय डोल्पाले निजामती सेवा दिवसका अवसरमा आज (मंगलबार) विभिन्न कार्यक्रम गरेको छ । दिवसका अवसरमा वृक्षरोपण गरिएको छ । साथै कर्मचारी, सेना, प्रहरीलगायतको सहभागितामा प्रभातफेरि पनि गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने निजामती कर्मचारीहरूलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।
नेपालमा हरेक वर्ष भदौ २२ गते विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाउने गरिन्छ । विभिन्न संघ–संस्था तथा कार्यालयहरुले दिवसका अवसरमा देशैभर कार्यक्रमहरू सञ्चालन गरेका छन् । तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले २०१३ भदौ २२ गते निजामती ऐन ल्याएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
हेरौं डोल्पामा आज मनाइएको निजामती सेवा दिवसका थप तस्बिर :






सबै तस्बिर : प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालको फेसबुकबाट

प्रतिक्रिया