डुबानमा परेका २६२ जनाको उद्धार (तस्बिरसहित)

नेपालखोज २०७८ भदौ २२ गते १५:५६



काठमाडौं । सशस्त्र प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा अविरल वर्षासँगै आएको बाढि तथा डुवानमा परेका २ सय ६२ जनाको सकुशल उद्वार गरेको छ ।


काठमाडौंको कागेश्वरी, काँडाघारी, त्रिपुरेश्वर, गुहेश्वरी, गौरीघाट, थापाथली र सिनामंगलमा अविरल वर्षाको कारण डुवानमा परेका १ सय ५० जनाको सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद् उद्वार सिनामंगलले उद्वार गरेको हो ।


यसैगरी कागेश्वरी नगरपालिका ६ तथा भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका १ र २ बाट ९२ जना व्यक्तिको सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गण गुहेश्वरीले उद्वार गरेको हो । यस्तै ललितपुर महानगरपालिका २ गुसिङ्गालमा डुबानमा परेका १४ जनाको सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गण दक्षिणकालीले उद्वार गरेको हो ।


यस्तै काठमाडौ महानगरपालिका १३ स्थित कालीमाटी तथा विष्णुमतीको किनारबाट दुई जनाको समेत उद्वार गरेकाे छ । यस क्रममा ५८ वटा पशुचौपाया तथा डुवानमा परेका घरपरिवाका विभिन्न सामान समेत सुरक्षित स्थानमा स्थानानन्तर गर्ने कार्य समेत भएको छ ।

प्रतिक्रिया