पलेशा गोवर्द्धन ओलम्पिक वरीयताको पाँचौं स्थानमा उक्लिइन
नेपालखोज
२०७८ भदौ २२ गते १७:२३

काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन ओलम्पिक वरीयताको पाँचौं स्थानमा उक्लिएकी छिन् । मंगलबार सार्वजनिक नयाँ वरीयतामा पलेशा आफ्नो तौल समूहको शीर्ष पाँचमा उक्लिएकी हुन् ।
यस अघि पलेशा १३औं स्थानमा रहेकी थिइन् । जापानमा जारी टोकियो पारालिम्पिकमा सहभागिता जनाएकी पलेशाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।
पारालिम्पिकमा पलेशाले के ४४ क्याटगोरीको महिला ५८ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् । तर, रिपिचेजको फाइनलमा पराजित भएपछि पलेशा कास्य पदक जित्नबाट बन्चित भएकी थिइन् ।
सम्बन्धित
प्रतिक्रिया