फेरिए काठमाडौंका प्रजिअ
नेपालखोज
२०७८ भदौ २२ गते १८:३०

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । सरकारले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको सरुवा गरेको छ ।
गृह मन्त्रालयले मंगलबार प्रजिअ पराजुलीलाई हटाएर उनको ठाउँमा सहसचिव गोविन्दप्रसाद रिजाललाई प्रजिअको जिम्मा दिएको हो ।
पराजुलीलाई गृह मन्त्रालयको प्रशासन महाशाखामा सरुवा गरिएको गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । प्रजिअ पराजुलीले गत मंसिरदेखि काठमाडौं प्रजिअको जिम्मेवारी सम्हालेका थिए।
सम्बन्धित

प्रतिक्रिया