शनिबार, वैशाख १३, २०८२

कम दाममा जबरजस्त फिचर, नयाँ रेनोल्ड क्विडको मूल्य कति ?

नेपालखोज २०७८ भदौ २३ गते ८:३७

काठमाडौं । रेनोल्डले आफ्नो अपडेटेड रेनोल्ड क्विड लन्च गरिसकेको छ । यो कार रेनोल्डका लागि सबैभन्दा ठुलो भोल्युम गेनर कार पनि हो । यो कार कम्पनीका लागि सबैभन्दा लोकप्रिय र सफल मानिएको छ ।

रेनोल्डको यो एट्री लेबल कारको अन्तर्राष्ट्रिय बजार मूल्य साढे ६ लाख रुपैयाँको हाराहारीमा पर्छ । यो मूल्य यो कारको बेसिक मोडलको हो । यसको टप मोडलको अन्तर्राष्ट्रिय बजार मूल्य ९ लाख जति हुन आउँछ । रेनोल्ड क्विड-२०२१ को सबै भेरियन्टमा ड्युल एयरब्याग स्टेडर्ड एडिसनका रुपमा उपलब्ध गराइन्छ । रेनोल्ड क्विड दुईवटा इन्जिन विकल्पका साथ आएको छ । यसमा ०.८ लिटर र १.० लिटर इन्जिनको विकल्प छान्न सकिन्छ ।

रेनोल्ड क्विड-२०२१ को ०.८ लिटर भर्सनमा फाइभ स्पिड म्यानुअल ट्रान्समिसन तथा १ लिटर भर्सनमा फाइभ स्पिड अटोमेटिक ट्रान्समिसन उपलब्ध हुन्छ ।

परफर्मेन्स
७९९ सीसी, ३ सिलिन्डर, १२ भल्ब इन्जिन, ९९९ सीसी, ३ सिलिन्डर, १२ भल्ब इन्जिन म्याक्सिमम पावर ५६०० आरपीएममा ५४ पीएसको पावर ५५००आरपीएम मा ६८ पीएसको पावर-पिक टर्क ४२५० आरपीएममा ७२ एनएस टर्क, ४२५० आरपीएममा ९१ एनएम टर्क ।

डायमेन्सन
लम्बाइ, चौडाइ, उचाइ, ह्‌विल बेसग्राउन्ड क्लियरेन्स क्रमश: ३७३१ मिलिमिटर, १५७९ मिलिमिटर १४७४ र १४९० मिलिमिटर, २४२२ मिलिमिटर, १८४ मिलिमिटर ।
यो गाडीको फ्रन्टमा डिस्क ब्रेक छ भने ड्रम ब्रेक पनि दिइएको छ ।

फ्रेन्च अटोमोबाइल कम्पनी रेनोल्डको उत्पादन भारतमा हुन थालेको दश वर्ष पूरा भएको छ । यही अवसर पारेर कम्पनीले आफ्नो लोकप्रिय र किफायती ह्याचब्याक रेनोल्ड क्विडलाई नयाँ रुपमा प्रस्तुत गरेको हो । यसमा अरु पनि कन्फर्टेबल तथा सेफ्टी फिचर्स थप गरिएका छन् ।

भेरियन्ट
रेनोल्ड क्विड आरएक्सई ०.८ लिटर
न्यु २०२१ रेनोल्ड क्विड Climber १.० लिटर Easy-R (O) ।
आरएक्सएल ०.८ लिटर,
आरएक्सटी ०.८ लिटर,
आरएक्सएल १.० लिटर,
आरएक्सएल १.० लिटर एएमटी ।
यो गाडीको विभिन्न भेरियन्टको मूल्य फरक-फरक छ ।

कम दाम बढी फिचर्स
न्यु २०२१ रेनोल्ड क्विडको Climber भेरियन्ट डुअल टोन कलर अप्सनमा उपलब्ध हुन्छ । यसमा ORVM र IRVM पनि पाइन्छ । यो कारमा रियर सेन्सर, स्पिड अलर्ट सिस्टम, सिट बेल्ट रिमाइन्डर, एबीएस, ईबीडीसमेत अरु थुप्रै सेफ्टी फिचर्स समेटिएको छ । ८.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, स्मार्टफोन कनेक्टिभिटी, रियर सिट आर्मरेस्ट, रियर पार्किङ सेन्सर यो कारका खास फिचर हुन् ।

प्रतिक्रिया