संघीय संसद्‌को दुवै सदनको बैठक बस्दै

नेपालखोज २०७८ भदौ २३ गते ७:३३

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबै सदनको बैठक आज बस्ने भएको छ ।

दुवै बैठक अपराह्न्न ४ बजे बस्दै छ । आजको बैठकमा केही अध्यादेशहरु प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची हुनेछन् ।
अधिवेशन अन्त्य गरेर राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याइएको थियो । उक्त अध्यादेश अनुसार नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भइसकेका छन् ।

प्रतिक्रिया