प्रचण्ड भन्छन्- एमसीसी प्रयोग गरेर गठबन्धनलाई तोड्ने प्रयास भइरहेकाे छ

नेपालखोज २०७८ भदौ २३ गते १२:१८

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनलाई तोड्ने प्रयास भइरहेको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले र भीमसेन पोखरेको २२औँ स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको बताएका हुन् । उनले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने स्पष्ट पारे ।

उनले भने, ‘यो गठबन्धन तोड्ने षडयन्त्र पनि भइरहेको छ, देशभित्रबाट पनि देश बाहिरबाट पनि । एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरि लागिरहेका छन् ।’ उनले माओवादीहरूलाई घेरा हालेर सिध्याउने षड्यन्त्र भएकाले सचेत रहनुपर्ने बताए ।

प्रतिक्रिया