बागमती प्रदेशमा ५ मन्त्री र ४ राज्यमन्त्री थपिने

नेपालखोज २०७८ भदौ २३ गते १२:३५

काठमाडाैं । बागमती प्रदेशमा अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार (आज) दिउँसो मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन् ।

आजै पाँचजना मन्त्री र चार जना राज्यमन्त्रीलाई शपथ खुवाउने तयारी गरिएको बताइएकाे छ ।

मन्त्री बन्नेहरुमा विजय सुवेदी, प्रदीप कटुवाल, बद्री मैनाली, जीवन खड्का, जुनेली श्रेष्ठ, रचना खड्का, शान्तिप्रसाद पौडेल, अजयकान्ति शाक्य र सरस्वती रहेका छन् ।

आज ९ जना मन्त्री थपिएपछि बागमती प्रदेशको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित ११ सदस्यीय हुनेछ ।

प्रतिक्रिया