बिहीबार, जेठ २, २०८२

कुशलको ब्याटिङ वरीयतामा १ स्थान सुधार

नेपालखोज २०७८ भदौ २३ गते १७:२८

काठमाडौं । आईसीसीको टी-ट्वान्टी वरीयतामा नेपालका चार खेलाडी परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले सार्वजनिक गरेको टी-ट्वान्टीको नयाँ वरीयतामा नेपालका चार खेलाडी अटाएका हुन् ।

नयाँ वरीयताअनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता सुधार भएको छ । ब्याटिङ वरीयतामा कुशल ६०औं स्थानमा उक्लिएका छन् । यस अघि उनी ६१औं स्थानम रहेका थिए । नेपालका पूर्व कप्तान पारस खड्काको वरीयता यथावत रहेको छ । पारस ९१औं स्थानमा रहेका छन् ।

त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ९५ औं स्थानमा झरेका छन् । उनको वरीयता एक स्थान घटेको हो । बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने ७८ औं स्थानमा रहेका छन् ।

नेपालको टी-ट्वान्टी र एकदिवसीय वरीयता भने यथावत रहेको छ । टी-ट्वान्टीको नयाँ वरीयतामा नेपाल १३ औं स्थानमा रहेको छ । नेपाल एकदिवसीय वरीयताको १६ औं स्थानमै रहेको छ ।

प्रतिक्रिया