प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगित
नेपालखोज
२०७८ भदौ २३ गते १७:३३

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को नाराबाजीका कारण प्रतिनिधिसभाको नवौँ अधिवेशनको दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दलको नाराबाजीका बिच सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकका अध्यक्षता गर्नका लागि सांसदहरुको नाम मनोनयन गरेको पढेर सुनाए ।
जसमा चन्द्रकान्त चौधरी, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेणुकुमारी यादव, लालबाबु पण्डित, सत्य पहाडी, सरला कुमारी यादव रहेका छन् ।
सभामुख सापकोटाले आफु संविधान, नियम, कानुन र ऐनअनुसार अगाडी बढ्न प्रतिवद्ध रहेको र आफुले संविधान, नियम, कानुनको बर्खिलाप केही नगरेको भन्दै पटक-पटक बैठक सञ्चालन गर्न दिन अनुरोध गरेपनि प्रतिपक्षी दलले निरन्तर नाराबाजी गरेर बैठक सञ्चालन गर्न नदिएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया