एमालेको विरोधका बीच राजनीतिक दलसम्बन्धी अध्यादेश टेबुल
नेपालखोज
२०७८ भदौ २३ गते १८:२७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को अवरोधका बीच सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिनिधि सभामा टेबुल गरेको छ ।
बुधवार प्रतिनिधि सभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)को नाराबाजीकाविच गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ प्रतिनिधि सभासमक्ष टेबुल गरेका हुन् । प्रतिनिधि सभाको अर्को बैठक भदौ २५ गते शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया