सुनचाँदीकै भाउ सामान्य घट्याे

नेपालखोज २०७८ भदौ २४ गते १२:२२

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज एक सय रूपैयाँले घटेर प्रतितोला ९० हजार छ सय रूपैयामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुन तोलाको ९० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि एक सय रूपैयाँले घटेर ९० हजार एक सय कायम भएको छ ।

हिजो तेजाबी सुन ९० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी चाँदीको मूल्य पनि आज १० रूपैयाँले घटेको छ । चाँदी आज तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १२ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया