प्रतिनिधिसभाको नवौं अधिवेशनको दोस्रो बैठक बस्दै, सम्भावित कार्यसूची के ?

नेपालखोज २०७८ भदौ २५ गते ७:२३

काठमाडौं । प्रतिनिधिसभाको नवौँ अधिवेशनको दोस्रो बैठक आज (शुक्रबार) दिउँसो १ बजे बस्दै छ ।
बैठकमा शपथसम्बन्धी अध्यादेश २०७८, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायत स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत् गर्ने सम्भावित कार्यसूची छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बताइएको छ ।

प्रतिक्रिया