‘राष्ट्रिय सहमतिपछि मात्र एमसीसी पारित हुन्छ’

नेपालखोज २०७८ भदौ २५ गते १०:४१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिपछि मात्र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन्स (एमसीसी) पारित हुने बताएका छन्। नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँगको भेटपछि शुक्रबार (आज) अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उक्त भेटमा सुमारले एमसीसीबारे आफूहरुले स्पष्ट पारिसकेको र अब नेपालले निर्णय लिनुपर्ने भन्दै प्रचण्डलाई प्रस्ट दृष्टिकोण बनाउन सुझाव दिएकी थिइन् ।

अध्यक्ष प्रचण्डले राष्ट्रिय मुद्दा भइसकेको अवस्थामा सत्तारुढ गठबन्धन र प्रतिपक्षी दलहरूको समेत सहमतिमा मात्र संसद्‌बाट एमसीसी अनुमोदन हुने सुमारलाई भनेका थिए ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रिय सहमति जुटाएर मात्र एमसीसी सम्झौता पास गर्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका थिए ।

प्रतिक्रिया