मन्त्रीहरुको नाम टुंग्याउँदै देउवा !

नेपालखोज २०७८ भदौ २५ गते १०:५९

काठमाडौं । सत्ता गठबन्धनका नेताहरुकाे बैठक सकिएकाे छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नामावली मागेकाे बताइएकाे छ ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन ढिलाइ भइसकेको भन्दै आ–आफ्नो पार्टीमा मन्त्रीहरुको नाम टुंग्याउन आग्रह गरेका हुन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो ।

प्रतिक्रिया