बिहीबार, चैत १५, २०८०

बाँडियो तेह्रथुम पावरको आईपीओ !

नेपालखोज २०७८ भदौ २५ गते ११:४८

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ आज (शुक्रबार) बाँडफाँड भएको छ । कुल आवेदकमध्ये ७४ हजार ४ सय जनाले १०/१० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । आईपीओमा २३ लाख ९६ हजार ३४८ जना आवेदकले तीन अर्ब १२ करोड ४६ लाख ९१ हजार रुपैयाँबराबरको आवेदन दिएको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका आठ लाख कित्ता सेयरको सार्वजनिक निष्कासन गरेको थियो । जसमध्ये कम्पनीका कर्मचारी र म्युचुअल फन्डहरुलाई सुरक्षित गरिएकोबाहेक सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो ।

तेह्रथुम पावरले भदौ ९ देखि १३ गतेसम्म आईपीओमा आवेदन खुलाएको थियो ।

प्रतिक्रिया