निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन देउवाकाे ध्यानाकर्षण
नेपालखोज
२०७८ भदौ २५ गते १२:२६

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टी निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन ध्यानाकर्षण गराएका छन् ।
पौडेल नेतृत्वमा महामन्त्री डा. शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह के सी, डा मिनेन्द्र रिजाल र जीवन परियार सहितको टोलीले शुक्रबार (आज) प्रधानमन्त्रीसमेत रहेका देउवालाई भेटेका थिए । भेटमा पौडेल पक्षका नेताहरुले पार्टीको निर्वाचनमा प्रहरी र प्रशासनको दुरुपयोग नहोस् भनेर ध्यानाकर्षण गराएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया