एमसीसी विष हाे : प्रेम सुवाल
नेपालखोज
२०७८ भदौ २५ गते १४:४६

काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताको लागि ‘विष सरह’ हुने टिप्पणी गरेका छन् ।
नेकपा एमालेका सांसदहरुको चर्को नाराबाजीबीच शुक्रबार (आज) को प्रतिनिधिसभा बैठकमा सांसद सुवालले विश्वलाई नै दुःख दिने नियतका साथ आएको सो सम्झौताबारे दुविधामा नपर्न प्रतिनिधिसभाका सांसदहरुलाई समेत आग्रह गरे ।
नेपाल भ्रमणमा आएकी एमसीसी उपाध्यक्ष फातिमा सुमारप्रति संकेत गर्दै उनले अमेरिकी अधिकारीले सो सम्झौताको सम्बन्धमा सयथरी कुरा गरिरहेको उल्लेख गर्दै त्यस्ता कुरामा फस्न नहुने पनि बताए ।
सांसद सुवालले राष्ट्रघाति एमसीसी सम्झौताको विरोधमा प्रदर्शन गर्दा आफ्ना पार्टीका कार्यकर्तामाथि प्रहरीले दमन गरेको भन्दै सरकारको चर्को आलोचना पनि गरे ।
सम्बन्धित

प्रतिक्रिया