श्रम बजार सूचना प्रणाली सम्बन्धी कार्यशाला सम्पन्न

काठमाडौं । नेपालको श्रम बजारको आवश्यकता श्रमिक आपूर्तिको अवस्थाका विषयमा श्रम बजार सूचना प्रणाली सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।
निजी क्षेत्रका पाँचवटा छाता संगठनको सहभागितमा सञ्चालन भइरहेको इम्प्लोएर्स लेड लेबर मार्केट सचिवालय (इएलएमएस) परियोजनाले कार्यशाला आयोजना गरेको हो ।
श्रम बजार सूचना प्रणालीलाई संस्थागत गर्ने र श्रम बजारको सूचना संकलन गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको छ । यस कार्यक्रमले नेपालको श्रम बजारमा उपलब्ध श्रमिकको अवस्थाबारे जानकारी दिनेछ । कार्यशालामा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले रोजगारीका अवसर खोजिरहेका व्यक्तिहरू र रोजगारदाताको सम्बन्ध स्थापित गर्न यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
उनले निजी क्षेत्रका पाँचवटा संस्थाको सहकार्यमा अघि बढेको यो कार्यक्रम भविष्यका लागि समेत उदारहण हुने उल्लेख गरे ।
कार्यक्रममा होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणा, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह रनेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष सुकुन्तलाल हिराचनले नेपाली श्रम बजारको आवश्यकता र श्रम शक्तिको आपूर्तिको जानकारी दिन यसले सहयोग गर्ने उल्लेख गरे ।
परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालमा प्रतिस्पर्धी र सीपयुक्त जनशक्तिको ठूलो अभाव रहेको उल्लेख गर्दे संस्थागतरूपमा क्षमता विकासमा काम गर्नुपर्ने उल्लेख गरे ।
युरोपेली युनियनको आर्थिक सहयोग र ब्रिटिस काउन्सिल अन्तर्गतको दक्षता कार्यक्रमको व्यवस्थापकीय सहयोगमा यो कार्यक्रम सञ्चालन भइरहेको छ ।
कार्यक्रममा पाँचवटै छाता संगठनका पदाधिकारी एवं वस्तुगत, प्रदेश र जिल्ला सदस्य संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया