काठमाडौं महानगरपालिकाको कार्यालयमा वडाध्यक्षले नै गरे तोडफोड

नेपालखोज २०७८ भदौ २५ गते १५:३०

काठमाडौं । बागदरबारस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा वडाध्यक्षले नै तोडफोड गरेका छन् । आज (शुक्रबार) महानगर वडा नं ५ का वडाध्यक्ष रमेश डंगोलले तोडफोड गरेका हुन् । डंगोलले महानगरको इन्जिनियर सरुवाप्रति असन्तुष्टि जनाउँदै तोडफोड गरेका हुन् ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, प्रशासन विभाग प्रमुख महेश काफ्ले र उपप्रमुख युवराज खनालको कार्यकक्षको ढोकामा तोडफोड भएको हो । सबै ढोकाको कब्जा फुस्किएको र क्षति पनि पुगेको बताइएकाे छ ।

वडाध्यक्ष डंगोलले आफूले महानगरको कार्यालयमा तोडफोड गरेको स्वीकारे गरेका छन्।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले महानगरलाई आफ्नै घर जसरी चलाएको उनको आरोप छ ।

प्रतिक्रिया