चौबीस घण्टामा १,१४६ संक्रमित थपिए, १,६६० डिस्चार्ज, २१ जनाको मृत्यु
नेपालखोज
२०७८ भदौ २५ गते १६:०२

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा १ हजार १४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार ६६० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५४९ जनाको पीसीआर परीक्षणबाट ९६१ र २ हजार ३६७ जनामा गरिएको एन्टिजेन परीक्षणमा १८५ जना गरी जम्मा १ हजार १४६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै चौबीस घण्टामा २१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १० हजार ९२४ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या २७ हजार ९५८ रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया