चालु खर्चतर्फ बजेट कटौती गर्दै खोप खरिद गर्ने सरकारकाे घोषण

नेपालखोज २०७८ भदौ २५ गते १६:१८

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटबाट चालु खर्चतर्फ बजेट कटौती गर्दै खोप खरिद गर्ने घोषण गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत संशोधन गर्दै चालु खर्चतर्फ बैठक भक्ता, इन्धन, मर्मत, कर्मचारी तालिम न्यूनतम १० प्रतिशतका दरले बजेट कटौती गरेको अर्थमन्त्री शर्माले बताए । 

यसरी खर्च कटौती गर्दा तत्काल बचत हुने देखिएको ५ अर्ब  कोभिड १९ खोप खरिदका लागि उपयोग गर्ने अर्थमन्त्री शर्माले बताए ।

प्रतिक्रिया