उपत्यकामा ३५४ संक्रमित थपिए

नेपालखोज २०७८ भदौ २५ गते १६:२६


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ जना कोभिड संक्रमित थपिएका छन् ।

जसमा काठमाडौंमा मात्र २५७, भक्तपुरमा ४१ र ललितपुरमा ५६ जना संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ६ हजार ५५४ पुगेको छ । तीमध्ये काठमाडौंमा तीन हजार चार सय २८, ललितपुरमा एक हजार ९ सय ३४ र भक्तपुरमा एक हजार एक सय ९१ संक्रमित छन्।

प्रतिक्रिया