रुक्मशमशेरलाई श्रद्धाञ्जली दिन पुगे देउवा (तस्बिरसहित)
नेपालखोज
२०७८ भदौ २६ गते १०:४९
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले गए राति निधन भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्वसदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बत्तीसपुतलीस्थित स्व राणाको निवास पुगेर उनको पार्थिव शरीरमा माल्यार्पण गरि पार्टीको चारतारे झन्डा ओडाएर श्रद्धासुमन व्यक्त गरे ।
राणाको गए राति ८५ वर्षको उमेरमा निधन भएको उनका ज्वाईं अनिलकेशरी शाहले जानकारी दिए । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने उनले बताए ।
राणालाई श्रद्धाञ्जलि दिन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, उदयशमशेर राणालगायत उनको निवासमा पुगेका थिए ।











तस्बिर : यूपी लामिछाने
सम्बन्धित

प्रतिक्रिया