नेपालमा संक्रमणमुक्त हुने दर ९५ प्रतिशत नाघ्यो

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप १ हजार ३६८ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् ।
चौबीस घण्टामा देशभरका प्रयोगशालाबाट ९ हजार ८४० नमुना परीक्षण भएका छन् । जसमा पीसीआर विधिबाट ६ हजार १३७ जनाको परीक्षण गर्दा ७७७ जनामा र एन्टीजेन विधिबाट ३ हजार ७०३ जनाको परीक्षण गर्दा २१७ गरि कुल ९९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर २७ हजार ३५५ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप १ हजार ३६८ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भइ डिस्चार्ज हुनेको कुल संख्या ७ लाख ३८ हजार ३४ पुगेको छ । हाल नेपालमा संक्रमण मुक्त हुने दर ९५ दशमलव १ प्रतिशत रहेको छ ।
गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कल संख्या १० हजार ९३६ पुगेको छ ।

प्रतिक्रिया