अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता

नेपालखोज २०७८ भदौ २६ गते १७:३२

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र मिलिनियम च्यालेन्च कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीबीच भेटवार्ता भएको छ ।

अर्थमन्त्रालयमा आज भएको शिष्टाचार भेटमा उपाध्यक्ष सुमारले एमसीसीसँगको सम्झौता संसदबाट अनुमोदन गराएर कार्यान्वयनमा लैजान आग्रह गरेकी थिइन्। उनले एमसीसी नितान्त नेपालको विकास परियोजना सम्झौता भएको पनि दोहोर्याइन् ।

जवाफमा अर्थमन्त्री शर्माले एमसीसीको विषयमा राजनीतिक तवरमा छलफल भइरहेको बताएको उनको सचिवालयले जनाएको छ​ ।

प्रतिक्रिया