बुधबार, वैशाख १२, २०८१

इनफिनिक्सको स्मार्ट फाइभ-ए

नेपालखोज २०७८ भदौ २७ गते ८:३३

काठमाडौं । इनफिनिक्सको स्मार्ट फाइभ ए हालै लन्च भएको फोन हो । यो फोन सिगल स्टोरेज भेरियन्ट २ जीबी+३२ जीबीमा उपलब्ध हुन्छ । जसको अन्तर्राष्ट्रिय बजार मूल्य १३ हजार जति पर्छ ।

यो फोनको विशेषता कम मूल्यमा एचडी प्लस डिस्प्ले, डुअल रियल क्यामेरा सेटअप, ५ हजार एमएएचको ब्याट्री तथा मिडियाटेक प्रोसेसर प्राप्त हुनु हो ।

इनफिनिक्स स्मार्ट फाइभ ए मा ६.५२ इन्चको एचडी प्लस डिस्प्ले एलईडी, आईपीएस इन-सेल डिस्प्ले दिइएको छ । यसको स्क्रिनको आस्पेक्ट रेसियो २०:९ , स्क्रिन-टू-बडी रेसियो ९०.५ ५ छ । यो फोन एड्रोइड ११ मा आधारित छ । यसले एक्सओएस ७६ मा काम गर्छ । यसमा आई केयर मोड पनि दिइएको छ ।

यो फोन १.८ गिगाहर्ज अक्टा-कोर मिडियाटेक हिलियो ए २० प्रोसेसरका साथ आउँछ । यो फोन सिंगल भेरियन्ट २ जीबी र्‍याम + ३२ जीबी इनबिल्ट स्टोरेजका प्रस्तुत गरिएको छ । यसको स्टोरेज माइक्रो एसडी कार्डमार्फत २५६ जीबीसम्म बढाउन सकिन्छ ।

एआई थ्रीडी ब्युटी मोड पनि
इनफिनिक्स स्मार्ट फाइभ ए मा ८ मेघापिक्सल डुअल एआई र डेप्थ सेन्सरको सुविधा पनि छ । यसमा ट्रिपल एलईडी फ्ल्यास, पिक्चर मोड, अटो सिन डिटेक्सन, कस्टम बोकेह तथा एआई थ्रीडी ब्युटीजस्ता सुविधासमेत लिन सकिन्छ । सेल्फी र भिडियो कलिङका लागि इनफिनिक्सको यो फोनमा ८ मेघापिक्सलको फ्रन्ट क्यामेरा प्राप्त हुन्छ ।

पावरका लागि इनफिनिक्स स्मार्ट फाइभ ए मा ५ हजार एमएएचको ब्याट्री दिइएको छ । कनेक्टिभिटीका लागि यो फोनमा फोरजी VOLTE, वाईफाई ८०२.११ ए/बी/जी/एन, जीपीएस, जीपीआरएसजस्ता फिचर्स उपलब्ध हुन्छ । यो बजेट फोनमा फिङरप्रिन्ट सेन्सर, एम्बिएन्ट लाइट सेन्सर, जी-सेन्सर तथा प्रोक्सिमिटी सेन्सरजस्ता फिचर्स पनि समावेश भएको पाइन्छ ।

प्रतिक्रिया